काठमाण्डु – नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा सन् २०२५ अप्रिल–मे महिनामा हुने कञ्चनजंघा हिमाल आरोहण अभियानको ‘फ्ल्याग अफ सेरमोनी’ भएको छ ।
बिहीबार भारतको नयाँदिल्लीस्थित एकीकृत मुख्यालय एमओडी साउथ ब्लकमा समारोह भएको हो ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दुवै पक्षका ‘टीम लिडर’लाई संयुक्त रूपमा झण्डा हस्तान्तरण गरेको कार्यक्रममा नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह उपस्थित थिए ।
संयुक्त हिमाल आरोहण अभियानको ‘फ्ल्याग अफ सेरमोनी’ काठमाण्डुमा सञ्चालन हुने कार्यक्रम रहेको छ ।
समारोहमा भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी लगायत भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा तथा सैनिक सहचारीको समेत उपस्थिति थियो ।
प्रतिक्रिया