काठमाण्डु – नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
आईतबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरे ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ५ जनाबाहेक २९ जनालाई आईतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।
प्रतिक्रिया