काठमाडौं– नेपाली सेनाकी सेनानी सुलोचना पौडेल ‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्ने महिला महिला सैनिक बनेकी छन्।
यसअघि उक्त कोर्ष कुनै पनि महिलाले पूरा नगरेकोमा आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले सञ्चालन गरेको कोर्षको २५औँ शृङ्खला उनले पूरा गरेकी हुन्। पौडेल २०६१ मा नेपाली सेनाको सहायक पदमा भर्ना भएकी थिइन्।
पौडेल पृथक अनुभव भएको बताउँदै पेशागत ज्ञानले आगामी दिनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन।
नेपाली सेनामा पहिलोपटक कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गर्ने महिला पाएकामा सङ्गठन खुशी रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।
नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन्, उनी । योसँगै भविष्यमा सुलोचना सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’ महिला बन्न सक्ने सम्भावना बढेको छ ।
सैनिक जीवनमा स्टाफ कलेज भनेको युद्धकला पनि मानिन्छ । स्टाफ कलेज पास गर्ने व्यक्ति सेनाको नीतिनिर्माणका लागि योग्य ठानिन्छन् । यसले भविष्यका अन्य तालिमका लागि पनि ठूलो ढोका खोलेको मानिन्छ ।
खासगरी कमाण्डर बन्नका लागि स्टाफ कलेज पास गर्नैपर्छ । यसपछि कम्पनी कमाण्ड, ब्रिगेड कमाण्ड हुँदै पुरै संगठनको कमाण्डका लागि पनि यस्तो व्यक्ति योग्य हुने विश्वभरको सैन्य संगठनको नियम नै छ ।
सो कोर्ष पूरा गर्नेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले प्रमाणपत्र प्रदान गरे।
विदेशीसहित कूल ६२ विद्यार्थी सहभागिता रहेको उक्त कोर्षमा नेपाली सेना ४९, नेपाल प्रहरी एक, सशस्त्र प्रहरी एक, राष्ट्रिय अनुसन्धान प्रहरी एक, बङ्गलादेश एक, चीन दुई, भारत एक, लेवनान एक, माल्दिभ्स एक, पाकिस्तान एक, श्रीलङ्का एक, बेलायत एक र अमेरिकन एक जना थिए।
कलेजले हालसम्म ८१५ नेपाली सेना, नौ नेपाल प्रहरी, २० सशस्त्र प्रहरी, ६३ विदेशीलाई उक्त कोर्ष शिक्षा प्रदान गरिसकेको छ । २५ शृङ्खलाबाट मास्टर इन स्ट्राटेजी स्टडिज (एमएसएस) प्रोगाम तथा समग्र तालिममा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम भएका छन् । त्यसैगरी एमएसएसको अध्ययनमा गरिने सोधपत्र अर्थात कमाण्डडेण्ट तर्फ भने सुनिल बिष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम भएका छन् ।
प्रतिक्रिया