उहान – सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्रा्ष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ ।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा चीनको उहानमा आयोजित उक्त प्रतियोगितामा पदक प्राप्त गर्ने सूचीमा नपरे पनि कयौँ विधामा विभिन्न मुलुकलाई पछि पार्दै सेनाले प्रतिस्पर्धाका लागि आफू सक्षम रहेको पुष्टयाई गरेको छ ।
नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्, ‘यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।’
नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता खेलमा पराजित गरेको थियो ।
विश्वका १०९ मुुलुकका नौ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेल विधा समावेश गरिएको थियो । आयोजक राष्ट्र चीन, रसिया र ब्राजिलले प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा पदक जित्ने ६६ मध्ये ३३ राष्ट्रले स्वर्ण पदक जित्न सफल भए ।
पहिलो पटक सहभागी भएको नेपाललेही विधाको ८०० मिटर दौडमा सोमबहादुर कुमालले अन्तिम चरणमा प्रवेश गर्ने अवसर प्राप्त गरे । छोटो समयको तालीम लिएर उक्त प्रतियोगितामा भाग लिन ४० जना खेलाडी उहान पुगेका थिए । प्र १३ विधामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा तुलसा खत्रीले ट्राक एण्ड फिल्डअन्तर्गतको ४०० मिटरको दौड ५९.५७ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरे भने सोशिक्षकलाई समेत खेलक्षेत्रका नवीनतम् ज्ञान पर्याप्त थिएन ।
महासेनानी रायमाझी भन्छन्, ‘अन्तर्रा्ष्ट्रिय खेलजगतमा हामीले हाम्रो क्षमता देखेका थिएनौँ, छनोट गरेर ल्याएका केही खेलाडीबाट राम्रो प्रदर्शन पनि भयो, हामीले कल्पनासम्म नगरेका खेल मैदान देख्न र त्यसमा खेल्न पायौं ।’
तीस जना सहभागी रहेको बक्सिङको ४९ केजी तौल समूहमा तेजबहादुर देउवा पाँचौँ भए भने महिलातर्फ ६० केजी समूहमा पुनम रावले पनि पाँचौँ स्थान हासिल गरे । नेपाली खेलाडी प्रतिस्पर्धामा अब्बल देखिए पनि कतिपय खेल विधामा अङ्क प्राप्त गर्ने नवीनतम् विधिबारे अनविज्ञ भएका कारण नतिजा हासिल चुनौती खडा भएको प्रतिक्रिया प्राप्त भएको थियो ।
ब्याडमिन्टनतर्फ ३२ जना सहभागी रहेको प्रतिस्पर्धामा रञ्जीत तामाङ र अनुमाया राईले पाँचौँ स्थानमै सीमित हुनु पर्यो भने ६२ केजी तौल समूहमा भएको कुस्तीमा सुशीला चन्द पाँचौँ भए । पदकका लागि नेपालले निकै आशा गरेको २० राष्ट्रको सहभागी रहेको तेक्वान्दो ८० केजी तौल समूहमा रामदत्त भट्ट र २७ जना सहभागी रहेको ६३ केजी तौल समूहमा ज्ञानेन्द्र हमाल दुवैले सातौँ स्थानमै चित्त बुझाउनु पर्यो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख रायमाझी भन्छन्, ‘नेपालले सातौँ सिजम्स् वल्र्ड मिलिटरी गेम्सबाट उत्कृष्ट अनुभव बटुलेको छ, निकट भविष्यमा हुने साफ र अन्य खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शनी गर्न सक्छन् भन्ने आशा छ ।’ प्रतियोगितमा सहभागी हुने क्रममा प्रतिनिधिमण्डलस्तर र खेलाडीबीचको भेटघाटमा भएका अनुभव आदानप्रदानले सैनिक कुटनीति विस्तारमा समेत योगदान पुगेको छ ।
उहानमा देउसी भैलो
प्रतियोगिताको समापनपछि नेपाली टोलीले त्यहाँस्थित एथलेक्टिस भिलेजमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले देउसी–भैलो गर्नुका साथै नेपालसम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम र प्रचारप्रसार सामग्री वितरणसमेत गरेको थियो ।
उहान स्पोर्टस् सेन्टरमा यो शताब्दीकै गौरव गर्न लायक भव्य अनि रोचक कार्यक्रम गरी आयोजक राष्ट्र चीनले प्रतियोगिता समापन भएको घोषणा गरेको थियो । सैनिक गौरवः विश्व शान्ति मूल नारा रहेको राष्ट्रपति सी चिनफिङले (अक्टोबर १८) मा उद्घाटन गरेको समारोह निकै भव्य, सभ्य र आकर्षित तुल्याइएको थियो । चीनको आतिथ्य र व्यवस्थापनको सर्वत्र प्रशंसै–प्रशंसा भएको थियो ।
खेलकूदका माध्यमबाट भाइचारा, शान्ति र विकासको सन्देशसहित सबै प्रतियोगता उहान नगरमै आयोजना भएका थिए । उहानको ३५ स्थानमा विभिन्न खेल विधाका ३२९ वटा प्रतिस्पर्धा आयोजना गरिएको थियो । रासस
प्रतिक्रिया