ए डिभिजन लिगमा आर्मीको विजयी सुरुवात

ए डिभिजन लिगमा आर्मीको विजयी सुरुवात


काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले सोमबार भएको खेलमा फ्रेण्ड्स क्लबमाथि २–१ को जित हात पारेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठले तेस्रो मिनेटमै गोल गरेर सुरुवात अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको सातौं मिनेटमा फेण्ड्सले बराबरी गोल फर्कायो । फेण्ड्सका लागि शक्ति राईले ५२ मिनेटमा बराबरी गोल फर्काएका थिए । ८१ मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि आर्मीले खेलमा दोस्रो पटक अग्रता लिएको थियो ।