काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्री पाल्पा जिल्लाको रानीमहल पुगेका छन्।
‘केन्द्रीय स्तरको पेशागत प्रतियोगिताका सहभागीहरुलाई सम्बोधन गर्न उनी मंगबार रानीमहल पुगेका हुन्। सो अवसरमा क्षत्रीलाई उपरथी अनुज बहादुर बस्न्यातले स्वागत गरे।
नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पृतना तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई-दुई वर्षमा सञ्चालन गरिने गरिन्छ। प्रतियोगिता जेठ १८ गतेबाट सञ्चालन भइरहेको छ ।
कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री देव कुमार सुवेदीलगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री मंगलबार नै काठमाडौं फर्किएका छन्।
प्रतिक्रिया