माग पूरा नभएपछि एल साल्भाडोरको सेना हतियारसहित संसद छिर्‍यो

माग पूरा नभएपछि एल साल्भाडोरको सेना हतियारसहित संसद छिर्‍यो


एजेन्सी – मध्यअमेरिकी देश एल साल्भाडोरका सेना हतियारसहित संसद् भवन प्रवेश गरेका छन् । आफ्नो माग पूरा गर्नुपर्ने भन्दै हतियारसहित सेना संसदमा छिरेका हुन् ।

राष्ट्रपति नायब बुकेलेले संसदलाई सम्बोधन गर्नै लाग्दा सेना र प्रहरी संसद् भवन प्रवेश गरेका थिए । सांसदहरुले यतिबेला सेनाको यस कार्यको विरोध गरेका छन् । अधिकारीहरूका अनुसार सेनाले आफूलाई राम्रो हतियारको व्यवस्था गर्नुपर्ने भन्दै १०९ मिलियन अमेरिकी डलरको ऋण विधेयक पारित गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रपतिले सात दिनभित्रमा ऋण उपलब्ध गराउने बाचा गरेका थिए । सेना र प्रहरीभन्दा अराजक समूहको हतियार अत्याधुनिक हुने गरेको सेनाको भनाइ छ ।

विश्वमा सबैभन्दा बढी हत्या हुने देशमा एल साल्भाडोर पर्छ । त्यहाँ रहेका आपराधिक समूहबाट नै हत्या हुने गरेको छ । एल साल्भाडोरमा अपराधजन्य घटनाहरू दोहोरिरहन्छन् । उनीहरूको सामना गर्न सेनाले राम्रो हतियारको माग गर्दै आएको छ । उक्त ऋण विधेयक पारित भए सेना र प्रहरीले राम्रा हतियार पाउनेछन् ।