दसैंमा सेनाको उपहार : यी रूटमा निःशुल्क बस सेवा

दसैंमा सेनाको उपहार : यी रूटमा निःशुल्क बस सेवा


काठमाडाैं– नेपाली सेनाले दसैंका दिन  काठमाडौँ उपत्यकाभित्र ७ मार्ग (रूट) मा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ।

दसैंमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारको हितका लागि नेपाली सेनाले यही असोज २५ देखि ३१ गतेसम्म काठमाडौँबाट दोलखा, सुनसरी, कैलाली, लमजुङ, रामेछाप, कास्की, रुपन्देही, गोरखा, धादिङ÷नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिरहा–सप्तरी जान निःशुल्क बस सञ्चालन गरिरहेको छ।

उक्त बस सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान ६.३० बजे छुट्ने र प्रतिसैनिक व्यक्ति (परिवारसहित) बढीमा पाँच जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ।

यी हुन् निः शुल्क बस सेवाका रूट

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क।

(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर।

(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली।

(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली।

(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट।

(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली।

(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली।