काठमाडौँ – प्रधान सेनापति पूर्णचन्द्र थापा भारतीय समकक्षी विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।बिहीबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति थापाको भारत भ्रमणको कार्यतालिकाबारे जानकारी दिएको छ।
प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका थापाले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविदबाट भारतीय स्थाल सेनाको मानर्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम रहेको छ। नेपालमा भारतीय सेना प्रमुख र भारतमा नेपाली सेना प्रमुखलाई मानर्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ।
भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, भारतीय स्थल सेनाका समकक्षी रावत, सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै उनले साउथ वेस्र्टन कमान्ड जयपुर र सेन्ट्रल कमान्ड लखनऊको समेत भ्रमण गर्न कार्यक्रम रहेको छ।
थापाका भ्रमण दलमा उनकी श्रीमती दीपा थापा, उपरथी झंकरबहादुर कडायत लगायतका सात जना रहनेछन्। थापा माघ २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया