प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता

प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित संयुक्त अरब ईमिरेट्सका राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिबीच आईतबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत अल नाक्बिबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।