काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डा, र रामेछाप जिल्लास्थित नन्दाबक्स गण र रणभीम गण अन्तरगर्त रहेको सुरक्षा बेश जिरीको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी, गण तथा सुरक्षा बेशको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
साथै, उनी आज दोलखा जिल्लास्थित रणभीम गणमा मुकाम रही भोली (मंगलबार) सोहि गणको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
प्रतिक्रिया