असोज १५ गतेसम्म सञ्चालन हुने प्रधानसेनापति ट्रफी सुरु

असोज १५ गतेसम्म सञ्चालन हुने प्रधानसेनापति ट्रफी सुरु


काठमाण्डु – नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ ।

आइतबार जङ्गी अड्डा परिसरको खेलमैदानमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् ।

आगामी असोजसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । जङ्गी अड्डालगायत उपत्यकाका विभिन्न वाहिनी, गण, तालिम केन्द्र, पृतनामा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, पौडी र जुडो खेल सञ्चालन हुनेछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष  प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।

असोज १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्।