इण्डो प्यासेफिक हेर्ने अमेरिकी जनरल नेपालमा,यस्तो भयो प्रधानसेनापतिसंग छलफल 

इण्डो प्यासेफिक हेर्ने अमेरिकी जनरल नेपालमा,यस्तो भयो प्रधानसेनापतिसंग छलफल 


काठमाडौं– अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिसन दुई दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएपछि नेपाल भ्रमण गर्ने डेभिसन पहिलो अमेरिकी जनरल हुन् । जनरल डेभिसनलाई विहिवार सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

जनरल डेभिसनले विहिवार नै नेपाली सेनाका प्रधानसेनापति थापासंग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालस्थित अमेरिकी राजदूत रेण्डि डव्लु वेरी समेत सहभागी थिए । 

भेटमा नेपाली सेना र अमेरिकी सेनाबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताईन्छ । सैनिक जनसम्र्पक निर्देशनालयले द्धिपक्षिय हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ । 

भेटमा प्रधानसेनापति थापाथापासंग अमेरिकाले नेपाली सेनालाई दिने भनिएको स्काई ट्रक र नेपाली सेनाका लागी ल्याउन लागिएको एम १६ हतियारका वारेमा समेत छलफल भएको स्रोतको दावी छ । जनरल डेभिसनले प्रधानसेनापति थापालाई भेटमा अमेरिका भ्रमणको निम्तो समेत दिएका छन् । 

डेभिसनले टुंडिखेलस्थित सैनिक मंचमा रहको वीर स्मारिकामा माल्यार्पण गरेका थिए । त्यसका साथै उनको सम्मानमा सैनिक मुख्यालय परिसरमा नेपाली सेनाको एक टुकडीे सम्मान गारत अर्पण गरेको थियो । 

अमेरिकी सेनाको प्यासेफिक कमाण्ड हेर्ने जनरल डेभिसनले प्रधानमन्त्री केपी शर्मा ओली र  रक्षामन्त्री ईश्वर पोखरेलसंग शुक्रवार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गर्ने कार्यक्रम छ । 

दुई साता अघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिका भ्रमणमा गएका थिए । ज्ञवालीको भ्रमणको क्रममा अमेरिकाले उनिसंग उत्तर कोरीया र इण्डो प्यासेफिक रणनितीको वारेमा छलफल भएको जनाएको थियो ।

 

इण्डो प्यासेफिकमा सहभागीता जनाउनेबारे छलफल भएको भन्ने अमेरिकी भनाईको मन्त्री ज्ञवालीले खण्डन गरेका थिए । ज्ञवाली फर्केको दुई सातापछि नै प्यासेफिक हेर्ने अमेरिकी जनरल काठमाडौं आउंनु संयोग मात्र नभएको स्रोतको दावी छ ।