एजेन्सी – भारतमा इरानबाट फर्किएका एक सैन्य अधिकारीलाई मध्ये प्रदेशमा रहेको सेनाको अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको एक स्वास्थ्य अधिकारीले बताएका छन् ।
३२ वर्षीय अधिकारी इरानको राजधानी तेहरानबाट फेब्रुअरी २५ मा फर्किएका थिए । उनलाई घाटी दुख्ने समस्या आएपछि अस्पतालमा भर्ना गरिएको इन्टिग्रेटेड डिजिज सर्भिलेन्स प्रोग्रामका जिल्ला इन्चार्ज डा. सन्तोष्प सिसोडियाले बताए ।
‘उनको अवस्था राम्रो छ । उनलाई आइसोलेसन वार्डमा मेडिकल सुपरिभिजनका लागि राखिएको छ । उनको रगत र अन्य नुमना पुनेमा रहेको नेशनल इन्सटिच्यूट अफ भाइरोलोजीमा परीक्षणका लागि राखिएको छ,’ सन्तोष सिसोडियाले थपे ।
सोमाबारसम्म थप ११ मानिसको मृत्यु भएको इरानले मंगलबार घोषणा गरेको थियो । कोभिड–१९ सुरु भएपछि इरानमा २३३६ मानिस संक्रमित भइसकेका छन् ।
यसैबीच इटालीमा पढ्दै आएकि २७ वर्षीय महिला इन्दोरको राज्य संचालित महाराजा यस्वन्तरो अस्पतालमा विगत २ दिनदेखि भर्ना भएकि छन् । यद्यपि उनमा कोभिड–१९ नेगेटिभ पाइएको एक अधिकारीले बताएको इन्डिया टुडेले जनाएको छ ।
प्रतिक्रिया