प्रधानसेनापति भलिबलको उपाधि आर्मीलाई

प्रधानसेनापति भलिबलको उपाधि आर्मीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनाको त्रिभुुवन आर्मी क्लबले हात पारेको छ।

लगनखेलमा भएको फाइनलमा पश्चिमाञ्चल भलिबल टीमलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।

विजेता त्रिभुवन आर्मी क्लबलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रमाण पत्र, मेडल, ट्रफी र तीन लाखको चेक प्रदान गरे। द्वीतिय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः पश्चिमाञ्चल भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा एक लाख पचास हजार र ७५ हजारको चेक प्राप्त गरियो।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत के.सी.ले पुरस्कार स्वरुप जनही १०–१० हजार नगद प्राप्त गरिएको छ।

सर्वोत्कृष्ट खेलाडीतर्फ त्रिभुवन आर्मी क्लबका ईश्वर के.सीले १६० सि.सि.को पल्सर मोटरसाईकल प्राप्त गरे।