प्रधानसेनापति खुला म्याराथन माघ १० गते, विजेताले एक लाख पाउने

प्रधानसेनापति खुला म्याराथन माघ १० गते, विजेताले एक लाख पाउने


काठमाडौं– प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ।

 

आयोजक नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच विधामा प्रतिस्र्धा हुने जानकारी दिएको हो।

 

 

फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष÷महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र÷छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोेरीले सहभागिता जनाउन पाउनेछन्।

 

 

प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ।

 

फुल म्याराथनतर्फ पहिलो हुनेले एक लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौँले सात हजार र छैटौँले पाँच हजार प्राप्त गर्नेछन्।

 

 

हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पाउनेछन्।

 

 

  

त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच हजार पाउनेछन्।

 

पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले सात हजार, दोस्रोले  पाँच हजार र तेस्रो हुनेले तीन हजार पाउनेछ