काठमाण्डु – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा जयरानीले हिट चरणमा १५ दममलव १६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । फाइनल चरणमा भने उनले निर्धारित दुरी १५ दशमलव ६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् । यस अघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो ।
जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। यस स्पर्धामा आर्मीकै निर्मला थापाले रजत जितिन् । एपीएफकी भगीरती कुमारी थारुले कास्य हात पारिन ।
प्रतिक्रिया