सेनाका खेलाडीले जिते विभिन्न प्रतियोगितामा ३ स्वर्णसहित ११ पदक

सेनाका खेलाडीले जिते विभिन्न प्रतियोगितामा ३ स्वर्णसहित ११ पदक


काठमाण्डु – दक्षिण कोरियामा सम्पन्न ‘डेजांन एमबीसी सियोचेन इंटरनेशनल तेक्वान्दो प्रतियोगिता’मा त्रिभुवन आर्मी क्लवले विभिन्न विधामा पाँच पदक हात पार्न सफल भएको छ ।

यही साउन २७ देखि ३१ गतेसम्म दक्षिण कोरियामा भर्चुअल मार्फत भएको तेक्वान्दो प्रतियोगितामा नेपाली सेनाका तेक्वान्दो खेलाडीहरुले २ स्वर्ण, २ रजत र १ कास्य गरि ५ पदक जित्न सफल भएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै तेक्वान्दो संघको आयोजनामा यही भदौ १८ गतेदेखि २१ गतेसम्म सातदोबाटोमा भएको ‘१० औं कोरियन राजदूत ओपन नेशनल भर्चुअल पूमसे तेक्वान्दोे च्याम्पियनसिप २०२१’ खेलमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले विभिन्न विधामा ९ जदक जित्न सफल भएका छन् । जसअन्तगर्त स्वर्ण–१, रजत २ र कास्य ६ गरी ९ पदकहरु हासिल गर्न सफल भएको हो ।