काठमाडौं– नेपाली सेनाका सात जना प्रमुख सेनानीहरु महासेनानी बढुवा भएका छन् । सेनाका प्रमुख सेनानीहरु राजेन्द्र श्रेष्ठ, कान्छकाजी श्रेष्ठ,हेम कुमार गिरी, प्रसिद्ध बस्न्यात, दिप सिंह,राजेन्द्र प्रसाद सुनुवार र खेमनारायण पौडेल महासेनानी दर्जामा पदोन्नति भएका छन् ।
सैनिक मुख्यालयले उनिहरुको पदोन्नतीपश्चात सरुवा समेत गरेको छ । जसअनुसार श्रेष्ठलाई मानव अधिकारी निर्देशनालयको सह निर्देशक, कान्छकाजी सह–चिफ, अफ स्टाफ मध्य पुर्वी पृतना हेडक्वार्टर, गिरी सहायक बाहिनीपति नं २२ बाहिनी अड्डा, बस्न्यात सहायक बाहिनीपति १७ नं बाहिनीमा पदस्थापन भएको छ ।
त्यसैगरी, महासेनानीमा बढुवा भएका सिंहलाई पृतना सह–चिफ अफ स्टाफ मध्य पृतना हेडक्वार्टर,सुनुवार सैनिक तालिम तथा ड्रक्टिन महानिर्देशनालय र पौडेल असवाव निर्देशनालयको निर्देशकमा पदस्थापना भएको छ ।
त्यसैगरी सैनिक मुख्यालयले १३ जना महासेनानीको सरुवा समेत गरेको छ । महासेनानी चोकबहादुर ढकाललाई सैनिक ईण्टेलिजेन्स महानिर्देशनालय, आनन्द सिंह भाट सहायक बाहिनीपति नं २३ बाहिनी अड्डा,ईन्द्र बहादुर रायमाझी पृतना सह चिफ अफ स्टाफ, उपत्यका पृतना हेडक्वार्टर,उत्तम कुमार विष्ट सह चिफ अफस्टाफ मध्यपश्चिम पृतना,किरण केसीको सह चिफ स्टाफ मध्य पृतना हेडक्वार्टरमा सरुवा भएको छ ।
त्यसैगरी महासेनानी सोवित अधिकारी सह चिफ अफ स्टाफ मध्य पूर्वी पृतना,भरतचन्द्र गुरुङ निरीक्षण निर्देशनालय,भोलानाथ थापा नेपाली,सैनिक वार कलेज,ज्योतिन्द्र महत युद्धकार्य निर्देशनालय,बलाधिकृत विभाग, मनोज सिलवाल सैनिक जनसम्र्पक निर्देशनालय,रन्जित थापा सह निर्देशक कल्याणकारी योजना निर्देशनालय, रामकाजी थापा पृतना सहचिफ स्टाफ मध्यपश्चिम पृतना र कमल बानिया २६ नम्बर बाहिनीको सहायक वाहिनीपतिमा सरुवा भएका छन् ।
प्रतिक्रिया