काठमाडौं – नेपाली सेनाका उच्च अधिकृतहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाले ३ उपरथी र ३ सहायकरथीको काज सरुवा गरेको हो ।
सरुवा हुने उपरथीहरुमा पुर्वी पृतनामा रहेका ईश्वर हमाल सैनिक कमाण्ड तथा स्टाफ कलेज, मध्यपश्चिम पृतनामा रहेका राजेन्द्र कार्की व्यवस्था,नीति तथा योजना महानिर्देशनालय, नीतिमा रहेका नरेशचन्द्र भट्ट मध्यपुर्वी हेडक्वार्टरमा सरुवा भएका छन् ।
प्रधानसनापति पूर्णचन्द्र थापाले नेपाली सैनिक प्रतिष्ठानमा रहेका सहायकरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतना हेडक्वार्टर सरुवा गरेका छन् । सैनिक प्रवक्ता समेत रहेका सहायकरथी गोकुल भण्डारीलाई भने एक वर्ष नपुग्दै त्यहाबाट हटाईएको छ । उनको कार्यक्षमता प्रश्न उठ्दै आएको थियो ।
भण्डारी सैनिक प्रवक्ता भएर आएदेखी नै विवादमा थिए । भण्डारीको ठाउमा याम ढकाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
उनि चीनबाट एनडिसी गरेर भर्खरै स्वदेश फर्केका हुन । सहायकरथी भण्डारीलाई भने नेपाली सैनिक प्रतिष्ठानमा पठाइएको छ ।
प्रतिक्रिया