काठमाण्डु- आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीले छापा मारेको छ ।
शाहीको बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित घरमा सैनिक प्रहरीको टोलीले छापा मारेको हो । शाहीलाई मंगलबार प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा सैनिक प्रहरीले पक्राउ गरेको थियो ।
तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाका निकट जर्नेल शाही आफ्नो पदावधि एक वर्ष थप हुनुपर्ने माग राख्दै सर्वोच्च अदालत गएका थिए । उनको रिट उपर अदालतले सुनुवाई गर्दै सेना र रक्षा मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि उनि हांजिर हुन सैनिक मुख्यालय पुगेका थिए ।
सैनिक प्रहरीको टोलीले उनको घरमा रहेको कागजात लिएर फर्केको छ । उनिविरुद्ध सैनिक मुख्यालयमा आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेको छ । उपरथी शाहीको बारेमा छानविन गर्न सेनाका उपरथी बावुराम श्रेष्ठको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको छ । छानविन समितलिे अहिले उनको बारेमा छानबिन गरिरहेको छ ।
सेनाको उपरथीबाट अवकास पाइसकेका शाही १५ दिनअघि विदामा बसेका थिए । विदामा बसेकै बेला उनि सैनिक मुख्यालयमा हांजिर हुन पुगेका थिए । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए । तर, अदालतको फैसलापछि उनको जागिर अवधी एक वर्ष लम्बिएको थियो ।
शाहीको एक वर्ष पदावधि थप भएको फैसला कार्यान्वयन भएको भए उनि सेनाको तीन तारे जर्नेल हुने सम्भावना थियो । उनिमाथि तत्कालिन प्रधानसेनापति थापा निकट हुंदा धेरै सैनिक अधिकारीमाथि पूर्वाग्रह सांधेको आरोप छ । अहिलेका प्रधानसेनापति शर्मालाई उनले नै निगरानीमा राख्न लगाएको बताइन्छ ।
प्रतिक्रिया