नेपाली सेनामा स्टाफ कलेजको नतिजा प्रकाशित,४९ जना उर्तिण (सुचीसहित)

नेपाली सेनामा स्टाफ कलेजको नतिजा प्रकाशित,४९ जना उर्तिण (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनामा स्टाफ कलेजको परिक्षामा सहभागी हुने अधिकृतहरुको नतिजा सार्वजनिक भएको छ । सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत बैशाखबाट सुरु भएको सिंस. २५ कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परिक्षामा सहभागीमध्ये ४९ जना अधिकृतहरु उर्तिण भएका छन् ।

 

 

स्टाफ कलेजले प्रकाशित गरेको सुचनामा सेनानी मणिराम थापाको नाम पहिलो नम्बरमा प्रकाशित भएको छ । परिक्षामा दोस्रोमा प्रकाश बहादुर सिंह,तेस्रोमा हेमराज विष्ट,चौथोमा बालमुकुन्द्र थापा र पांचौमा ज्ञानकाजी श्रेष्ठको नाम प्रकाशित भएको छ ।

 

स्टाफ कलेजमा सहसेनानीहरु अनिशचन्द्र उप्रेति,प्रल्हाद थापा,शिव नारायण श्रेष्ठ,खिम बहादुर डांगी,सुदिप कुमार तामाङ,हरिप्रसाद भराई,विनोद बहादुर सिल्वाल र मनिष प्रकाश बुढाथोकी समेत उर्तिण हुन् सफल भएका छन् ।

यस्तो छ स्टाफ कलेज उर्तिण हुनेहरुको सुची –

 

सेनामा मेजरबाट प्रमुख सेनानी(लेफ्टिनेण्ट कर्णेल) हुन् स्टाफ कलेज पास गर्नुपर्ने अनिवार्य नियम छ ।

 

 

मेजर जोडीले नै पास गरे स्टाफ कलेज
नेपाली सेनामा गत वैशाखबाट सुरु भएको स्टाफ कलेज परिक्षामा मेजर सुलोचना पौडेल उर्तिण भएकी छन् । उनका श्रीमान् मेजर परिक्षित देउवाले समेत स्टाफ कलेज उर्तिण गरेका छन् ।

 

 

पौडेल नेपाली सेनामा स्टाफ कलेज पास हुने पहिलो मेजर भएकी छन् । यसैसंगै उनको प्रमुख सेनानी बन्ने बाटो खुला भएको छ । सेनामा यसअघि सृष्टी खड्का पहिलो गुल्मपति बन्न सफल भएकी थिईन् । सेनानी पौडेल ४६ बेसिककी अधिकृत हुन् ।