नेपाली सेनामा उपरथी र सहायकरथीको सरुवा सिफारीस,को कहा भए (सुचिसहित)

नेपाली सेनामा उपरथी र सहायकरथीको सरुवा सिफारीस,को कहा भए (सुचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनामा उपरथी र सहायकरथीहरुको सरुवा सिफारीस भएको छ । सैनिक प्रवक्ता रहेका सहायकरथी झंकरबहादुर कडायतलाई निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ । उनलाई सुदुरपश्चिम पृतना हेर्ने गरी जिम्मेवारी दिइएको छ ।  उनको ठाउमा सहायकरथी नयनराज दाहालले सैनिक प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

 

 

 

सहायकरथी कडायत उपरथी बढुवाको लाइनमा छन् । हालका बलाधिकृतरथी बलदेवराज महत कार्तीकमा अवकास भएपछी कडायत उपरथीमा बढुवा हुनेछन् । नेपाली सेनाको महत्वपुर्ण विभाग भनेर चिनिने सम्भाररथीको जिम्मेवारी उपरथी दिपक भारतीले पाएका छन् । भारतीसंग महासेनानी हुदा समेत उक्त विभागमा काम गरेको अनुभव छ ।

 

 

हाल उनि सुदुरपश्चिमको पृतनापतिको रुपमा कार्यरत छन्  । सेनाको प्रबन्धरथीको जिम्मेवारी भने सहायकरथी शशीबहादुर सिंहलाई दिइएको छ । सिंह पनि उपरथीको लाइनमा छन् ।

 

 

 

उपरथी शमसेर ठकुराठीले आइतबार उमेर हदको कारण अवकास पाएपछि उनलाई उक्त जिम्मेवारी दिइएको हो । त्यसैगरी सम्भाररथी रहेका उपरथी पुर्ण सिलवाललाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ ।

 

 

उपत्यकामा पृतनापति रहेका उपरथी शरद गिरीलाई निती महानिर्देशकमा सरुवा गरिएको छ ।