पोखरामा सेनाका जवानले आफ्नै सहकर्मीको हत्या गरे

पोखरामा सेनाका जवानले आफ्नै सहकर्मीको हत्या गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा–नेपाली सेनाका एक जवानले आफनै सहकर्मीलाई गोली प्रहार गरेर हत्या गरेका छन् । पोखरामा रहेको नेपाली सेनाको सिद्धिबक्स गणमा कार्यरत सैनिक जवान बसन्त लोहारले प्युठ गणेश विष्टको हत्या गरेका हुन । सैनिक प्रवक्ता सहायकरथी झंकर कडायतले व्यक्तिगत मनमुटावका कारण घट्ना घटेको जानकारी दिएका छन् ।

“प्रारम्भिक अनुसन्धानमा घटना व्यक्तिगत मनमुटावको कारणले भएको देखिन्छ,बाकि अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।” प्रवक्ता कडायतले काठमाडौंपाटीसंग भने ।  

 

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहकाअनुसार मंगलवार विहान ५ बजे सुतिरहेका बेला विष्टमाथि लोहारले सात राउण्ड गोली हानेका छन् ।

 

 

सेनाले लाहोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।  विष्ट र लोहार दुवै जना सुदुरपश्चिमका बासिन्दा हुन ।