सेनाका जर्नेलले पाए लेवनानमा बहुराष्ट्रिय सेनाको कमाण्डर वन्ने अवसर

सेनाका जर्नेलले पाए लेवनानमा बहुराष्ट्रिय सेनाको कमाण्डर वन्ने अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ – नेपाली सेनाका उपरथी शिवराम खरेल डेपुटी फोर्स कमाण्डर नियुक्त भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार खरेल लेवनानस्थित संयुक्त राष्ट्रसंघको शान्ती मिसनमा खटिएको फौजको उपप्रमुखको रुपमा नियुक्त भएका हुन । सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले उपरथी खरेल डेपुटी फोर्स कमाण्डरका रुपमा नियुक्त भएको पुष्टि गरे ।

 

नेपाली सेनाको सिफारीसमा खरेललाई संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयले उनलाई लेवनास्थित युनिफल मिसनको उप–प्रमुखमा नियुक्त गरेको हो । नेपाली सेनाले युएन मिसनमा लामो समयदेखी सहभागीता जनाउदै आएको छ । सेनाको तर्फबाट युएनमा महत्वपुर्ण जिम्मेवारी पाउन सफल धेरै कम अधिकृतहरुमध्ये खरेल पनि एक हुन ।

 

यसअघि नेपाली सेनाको तर्फबाट युएनमा फोर्स कमाण्डरको रुपमा कृष्णनारायण सिंह थापा,भिक्ट्री राणा,बालानन्द शर्मा, पवनजंग थापा र पुर्णचन्द्र थापाले जिम्मेवारी सम्हालिसकेका छन् । डेपुटी फोर्स कमाण्डरको रुपमा उपरथीहरु  हरिबहादुर वस्नेत र रमेश पुनलगायतले उक्त जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

१९९० मा लेवनानमा कार्यरत हुदा उपरथी खरेल र अवकासप्राप्त सहायकरथी प्रेम वस्नेत ।