माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ


काठमाण्डु – माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० घर भई काठमाण्डुको कीर्तिपुर नगरपालिका–५ बस्ने ३२ वर्षीय केशवराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको बबरमहलबाट पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले बबरमहलबाट पक्राउ गरेको छ ।

उनले पीडितहरूलाई माल्टा लैजाने भनी वर्किङ भिसा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिसा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाइएको छ ।