बैंकिङ कसूर मुद्दाका २ जना प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना प्रतिवादी पक्राउ


काठमाण्डु – प्रहरीले बैंकिङ कसूर मुद्दाका २ जना प्रतिवादीहरूलाई काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैलाकुमारी गहतराज र चितवनको भरतपुर महानगरपालिका–२४ सुन्दरबस्ती घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ३४ वर्षीय पदमबहादुर नेपाली छन् ।

जिल्ला अदालत काठमाण्डुबाट २०८१ जेठ १४ गते पक्राउ अनुमति प्राप्त भएका गहतराजलाई काठमाण्डुको त्रिपुरेश्वरबाट र जिल्ला अदालत पोखरा कास्कीबाट २०८० फागुन १ गते पक्राउ अनुमति प्राप्त भएका नेपालीलाई काठमाण्डुको मनमैजुबाट काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गहतराजलाई प्रहरी वृत्त मालीगाउँ र नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।