काठमाण्डुमा जुवातास खेल्दाखेल्दै १४ जना पक्राउ

काठमाण्डुमा जुवातास खेल्दाखेल्दै १४ जना पक्राउ


काठमाण्डु – राजधानी काठमाण्डुका छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवातास खेल्दाखेल्दै १५ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू भगवाँनपाउ डेरा गरी बस्ने काभ्रेको तेमाल गाउँपालिका–६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।