अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित झापा र कैलालीबाट ३ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित भद्रपुर नगरपालिका–९ लक्ष्मी चोक बस्ने ३० वर्षीय युनिक निरौला समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बल नेपाल बीओपी महेशपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे३प ५३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित भारत संग्रौला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।