बचत दुरुपयोग गरेको आरोपमा कांग्रेसको केन्द्रीय सहकारी विभागका प्रमुख पक्राउ

बचत दुरुपयोग गरेको आरोपमा कांग्रेसको केन्द्रीय सहकारी विभागका प्रमुख पक्राउ


काठमाण्डु – ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

सञ्चालक भण्डारीमाथि लालीगुराँस सहकारीका बचतकर्ताको ६ अर्ब रूपैयाँ निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र ऋण फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ ।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको छ ।