एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा


काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार इटहरीबाट खटिएको अख्तियारको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो ।

हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । घुस लिइसकेको अवस्थामा उनलाई फुङलिङ नगरपालिका–४ स्थित न्युरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।