युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ


काठमाण्डु- विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन् ।उनीहरुले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले रामग्राम नगरपालिका(५ बाइपासमा मेनपावरको अफिस खोलेका थिए ।