अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७० ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारी रहेका छन् ।

प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–४ वैदिक नगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा २५० ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय समिर राजधामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।