लागूऔषधसहित २ जना नियन्त्रणमा

लागूऔषधसहित २ जना नियन्त्रणमा


काठमाण्डु – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलानरोडबाट सशस्त्र प्रहरीले शुक्रबार विभिन्न किसिमको लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ बस्ने ४२ वर्षीय जीवन राई र भोक्राहा नगरसिंह गाउँपालिका–४ बस्ने २७ वर्षीय महफुज आलमलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड पोष्ट इस्राइलकामदले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर जाँच गर्दा राईको साथबाट कालो प्लास्टिकले बेरिएको ९.४ ग्राम र आलमको साथबाट १३ ग्राम ब्राउनसुगर, स्पास्मो प्रोक्सीभन ट्याब्लेट १६ वटा तथा नाईट्रोभेट ट्याब्लेट ८ वटा फेला परेपछि नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।