प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले प्रतिबन्धित लागूऔषधसहित काठमाण्डु महानगरपालिका–१५ चमतीबाट ६ जनालाई पक्राउ गरेको छ ।

चमतीमा डेरा गरी बस्ने १९ वर्षीय नविन रिजालको कोठामा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागूऔषध भेटिएपछि पक्राउ गरिएको हो ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले पक्राउ गरेका ६ जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–६ घर भई काठमाण्डु महानगरपालिका–१५ चमती बस्ने १९ वर्षीय नविन रिजाल, चितवनको भरतपुर महानगरपालिका घर भई चमती बस्ने २५ वर्षीया अनु तामाङ, तनहुुँको आबुखैरेनी घर भई नागार्जुन नगरपालिका–३ बस्ने २५ वर्षीय सुवास परियार, धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ घर भई काठमाण्डु–१६ बस्ने २८ वर्षीय राजेश परियार, काठमाण्डु–१५ घर भई चमती बस्ने २६ वर्षीय अनिस महर्जन र धादिङको गजुरी गाउँपालिका–८ घर भएका ४० वर्षीय केशर स्याङ्तान रहेका छन् ।

आरोपीहरूबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाँजाको धुलो अन्दाजी २०० ग्राम, नगद २९ हजार ७००, धारिलो हतियार चक्कु १ र फलामको नख १ बरामद गरिएको प्रहरीले जनाएको छ ।