काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर ४७० मिलिग्राम, २ मोबाइल र नगद २ हजार ५०० रुपैयाँसहित दैलेखको नारायण नगरपालिका–११ बस्ने २४ वर्षीय दिलिप सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ परिवर्तित मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २३ वर्षीय राजु थापा र २८ वर्षीय अभिषेक मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राजुको घर तलासी गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्रामसहित प्रहरीले इलामको इलाम नगरपालिका–९ बस्ने ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई बुधबार साँझ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बरामद लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया