किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ


बैतडी – किशोरी बेपत्ता पारेको आरोपमा बैतडीमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताए ।

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।