अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले दार्चुला र दाङबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

दार्चुलाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फूड होटलबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करीब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थानसहित होटल सञ्चालक दुहुँ गाउँपालिका–२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करीब २८० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थ सहित पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा लागूपदार्थ घोराही उपमहानगरपालिका–१४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मनकुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।