कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी पक्राउ

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी पक्राउ


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार साँझ उनलाई काठमाण्डुको बालुवाटारबाट पक्राउ गरेको छ ।

रुबी खान लगायतको धर्ना कार्यक्रममा सहभागी बन्न पुगेका शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि रुबी खान, शिवाकोटी लगायतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख वसन्त रजौरेले बताए । प्रहरीले उनलाई केहीबेरमा छाड्ने तयारी गरेको छ ।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा खान लगायतले धर्ना दिइरहेका छन् ।