जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ


काठमाण्डु – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा कैलाली र बाँकेबाट २७ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४१ वर्षीय कमलराज अधिकारी समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ हजार ३६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी ताससहित पक्राउ गरेको छ ।

उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।