अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ


काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९५० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका–२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे११प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १५० ग्राम र स्पास्मो ५० ट्याब्लेटसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका–१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका–११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।