अष्ट्रेलिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाण्डु – अष्ट्रेलिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भई काठमाण्डु महानगरपालिका–२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई प्रहरीले पक्राउ गरेको छ ।

गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई दरबारमार्गबाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।