जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।