बाजुरा – भरूवा बन्दुकसहित प्रहरीले बाजुरामा ३ जनालाई पक्राउ गरेको छ ।
गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थानसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् । गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घरतलासी गर्दा लुकाइछिपाई राखेका बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको छ ।
बरामद बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया