काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।
रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद २६ हजार १०० रूपैयाँसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लालबहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका–२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् । पुनको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लागूपदार्थ र नगद फेला पारी तीनै जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १०० मिलिग्राम र गाँजा ५ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लालबहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाई चौकबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोरकुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर ४३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ जोकरताल बस्ने २५ वर्षीय शिवनारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ११ मिलिग्रामसहित भद्रपुर नगरपालिका–९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।
बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया