झापामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने ११ जना पक्राउ

झापामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालोझण्डा देखाउने ११ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आईतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरूले ओलीलाई कालोझण्डा देखाउनुका साथै चर्को नाराबाजी गरेका थिए ।

प्रहरीले ११ जना पहिचानवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा एल पी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देन लगायत छन् ।

आईतबार बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए । मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न कार्यक्रमस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुश गरेका थिए ।

त्यतिबेला प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा थिए ।