अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – नवलपरासी पश्चिम र रुपन्देहीबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५९० मिलिग्रामसहित किसुली बस्ने ३१ वर्षीय मोहन लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

यसैगरी, नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–४ हरकपुराबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १० ग्राम र भारतीय २७ हजार रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको महाराजगञ्ज ठुठिबारी थाना कदौरा जमुरकला बस्ने २६ वर्षीय सन्तोष लोनिया र महाराजगञ्ज ठुठिबारी थाना जमुरकला बस्ने २६ वर्षीय हरिन्द्र कनौजिया रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी पाँचपेडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ जे ९८०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।