झापा – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–४ झापा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ८६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २३ वर्षीय मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ज्ञानेचोकबाट चन्द्रगढी चोकतर्फ आउँदै गरेको प्र १–०१–००१ ह ८०३० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार तामाङलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि अटो चालक र अटोमा सवार अन्य २ जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया