काठमाण्डु – सूर्यदर्शन सहकारी ठगी र रकम अपचलनमा संलग्न रहेको आरोपमा पूर्वप्रदेशसभा सदस्य मिना गुरुङसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी मिना गुरुङ र आरती गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद थिइन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।
पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । बुधबार उनीहरूलाई अदालतमा उपस्थित गराइनेछ ।
प्रतिक्रिया