बारा – जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राजकुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय ईन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका–३ घर भएका श्रीकान्त तिवारी छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलियादेखि रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिन थुनामा राख्न अनुमति प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया